काठमाण्डू: प्रलोभनमा पारेर ११ जना भारतीयलाई काठमाण्डूमा बन्धक बनाउने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । बुधबार राति पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डूले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले बन्धक बनाउने गिरोहका चरण जित सिंह, अशोक कुमार, अब्दुल रहिम, इन्दु सिंह यादव, निपुन गुप्ता, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यादव बन्धक प्रकरणका मुख्य योजनाकार हुन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । उनले नक्कली कागजात बनाएर भारतीयहरूलाई सहयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
गिरोहले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा पठाउने प्रलोभनमा पारेर नेपाल ल्याइ बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीयहरूले बन्धक बनेकाहरूका परिवारलाई भ्रममा पार्न मेक्सिकोको भाषा, संस्कृति, संगीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण सिर्जना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर ठूलो रकम माग गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।
नेपालीसहित विश्वका विभिन्न देशका नागरिकलाई मेक्सिको, ग्वाटेमाला, पानामा सिटी हुँदै अवैधानिकरुपमा अमेरिकासम्म पुर्याउने गरेको यसअघि पटक–पटक सार्वजनिक भएको थियो । भारतीयहरूले बन्धक बनाएका भारतीय नागरिकका परिवारका सदस्य अमेरिकाको दक्षिणी छिमेकी देश मेक्सिको पुगेकाले भारतीय रुपैयाँ ४० लाख भारतमा रहेका एजेन्टहरूलाई दिन बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेकाहरूबाट मेक्सिको र ब्राजिलको समय निर्धारण गरिएको घडी, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास
0 Comments