Hot Posts

6/recent/ticker-posts

प्रदेशसभा सदस्य भाग्यश्री चौधरीको पत्रकार सुरक्षामा गम्भीरता

सिरहा:मधेश प्रदेशकी प्रदेशसभा सदस्य भाग्यश्री चौधरीले सिरहा मा पत्रकारहरूको सुरक्षा परिस्थिति बढेको बारेमा चिन्ता व्यक्त गरेकी छिन्। उनले बिहीबार फेसबुकमा गरेको एक पोष्टमा पत्रकारहरूको सुरक्षाको माग गरेकी हुन्।

 प्रदेशसभा सदस्य चौधरीले सिरहा र मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखलाई पत्रकारहरूको सुरक्षा नियमित गर्ने आग्रह गरेकी छिन्। यसैसँगै, गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई फोन गरी धम्की दिएका छन्। 

 त्यसैगरी, सिरहाको शारदा डिस्टिलरीले सरकारी संयन्त्रको मिलेमतोमा गर्दै आएको राजस्व छली र मदिरा तस्करीको पर्दाफास गरेको कान्तिपुर टेलिभिजनका सिरहा संवाददातामाथि आक्रमण गर्ने योजना तस्करहरूले नेपाल प्रहरीका एक सईकै रोहवरमा बनाएको तथ्य बाहिरिएको थियो। चौधरीले यसलाई लोकतन्त्रको सिकार गर्ने प्रयत्नको रूपमा व्याख्या गर्दै, पत्रकारको सुरक्षामा ध्यानकर्षण गर्नुपर्ने बताएकी छिन्। उनले दोषीलाई तत्कालै नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही गर्ने माग गरेकी छिन्।

Post a Comment

0 Comments