काठमाडौं, ६ वैशाख अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए सर्वोच्च अदालतबाट उनले तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।
यसै प्रकार, दावा लामा सर्वोच्च अदालतको निर्णय अनुसार रिहा भएका हुन्। यसै घटनाको बारेमा थप जानकारीका लागि तत्काल अपडेट हुनेछ।
ताजा समाचारहरू र निर्वाचन सम्बन्धी महत्वपूर्ण जानकारीहरूको लागि हाम्रो ब्लगलाई सब्सक्राइब गर्नुहोस्।
0 Comments